संसदको अर्को बैठक फागुन १० गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी फागुन १० गते बुधबारसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा सांसदहरूले शून्य तथा विशेष समयमा आफ्ना धारणा तथा जनताका समस्या प्रस्तुत गरेका छन् । साथै आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्नुभएको छ ।

संसद्मा प्रारम्भिक छलफलपछि यो विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जानेछ । यस्तै राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७८ विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्व सहमतिले स्वीकृत भएको छ । सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदहरूका लागि ७२ घण्टाको समय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर