कांग्रेस नेता भण्डारीको घरमा ग्यास विस्फोट हुँदा भण्डारी र आमा घाइते, आइसीयुमा उपचार हँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति करिव १० बजेतिर घर काठमाडौंको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएको हो । भण्डारी र उहाँकी आमा दुवैजनाको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टर किरण नकर्मीका अनुसार दुवैजनालाई गम्भिर जलन रहेको बताउनुभयो । डाक्टर नकर्मीले भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेकाले आमाको अवस्था भने जटिन रहेको बताउनुभयो ।

दुवै जना बोल्न सक्ने अवस्थामा भए पनि स्वासनलीमा जलन भएकाले समस्या हुने खतरा बढेकाले अक्सिजन दिएर आइसीयुमा राखेर उपचार भइरहेको बताउनुभयो ।

बन्द कोठामा ग्यास लिक भएर सल्किएको हुन सक्ने उपचारमा संलग्न डाक्टरको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर