आज कुन देशको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६८ पैसा र बिक्री दर १४२ रूपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५९ पैसा र बिक्री दर १६० रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय