टर्की र सिरिया भुकम्पमा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

एजेन्सी । गत हप्ता टर्की र सिरियामा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।

शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनिएको भूकम्पबाट प्रभावितहरुको राहत र उद्धार कार्य जारी छ ।
मौसम अत्यधिक चिसो हुँदा पनि मानिसहरू कडा चिसोमा खुला ठाउँमा बस्न बाध्य छन् ।

राहत र उद्धार कार्यमा सहयोग गर्न धेरै देशका टोली टर्की पुगेका छन् ।नेपालले पनि स्वास्थ्य सामग्रीसहितको टोली टर्की पठाएको छ ।

युक्त अरब इमिरेट्स (युएई) ले भूकम्प प्रभावित सिरियालाई थप ५ करोड डलर सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय