विश्व बैंकका प्रमुख डेभिड मालपासद्वारा राजीनामाको घोषणा

एजेन्सी । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्। डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन्।

डेभिडको कार्यकाल २०२४ मा समाप्त हुने थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौती थिए। जसमा कोरोना, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौती पर्छन्।

६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोचविचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु। सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो।’

डेभिड मालपास पनि डोनाल्ड ट्रम्पको अभियान सल्लाहकार थिए। बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय