इंग्लिस प्रिमियर लिग फुटबल : आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा

काठमाडौं । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–१ ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा भ्रमणकारी टोली सिटीलाई विजयी गराउन केभिन डे ब्रयान, ज्याक ग्रेलिस र अर्लीङ ब्रट हाल्याण्डले एक एक गोल गरे । आर्सनलका बुकायो साकाले पेनाल्टीमार्फत एक गोल फर्काए ।

खेलको २४ औं मिनेटमा ब्रयानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । तर, ४२ औं मिनेटमा साकाले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

यो जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । २३ खेलबाट सिटीको ५१ अंक भएको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नैं छ । गोल अन्तरको आधारमा आर्सनलभन्दा सिटी अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय