सेयर बजारमा आज गिरावट

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) बजार परिसूचक नेप्से २१.१५ अंक (१.०१ प्रतिशत) ले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ ।

आज नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । आज उत्पादनमूलक उपसूचक सर्वाधिक १.९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटेल तथा पर्यटन, हाइड्रोपावर लघुवित्त र बिमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

आइतबार ३ अर्ब माथिको कारोबार भएको नेप्सेमा त्यसयताको तीन कारोबार दिनमा कारोबार २ अर्ब पुगेको छैन । आज नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाख २८ हजारको कारोबार हुँदा अपि पावरको ५ करोड १३ लाख ७४ हजार र ङदी ग्रुप पावरको ४ करोड ३६ लाख ४३ हजारको कारोबार भएको छ ।

आज बजारमा नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । राप्ती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.२३ प्रतिशतले वृद्धि हुँदा सबैको लघुवित्तको सेयर मूल्य २.०२ प्रतिशत र इमर्जीङ नेपालको सेयर मूल्य १.९४ प्रतिशतले बढेको छ ।

युनिलिभर नेपालको सेयर मूल्य ५.९१ प्रतिशतले गिरावट हुँदा सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य ५.५१ प्रतिशत र सिनर्जी पावर कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर