घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेल दुवैको मूल्य घटेर आएको छ।

नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएर नयाँ मूल्य पठाएको छ।

हरेक १५ दिनमा नयाँ मूल्य कायम गर्ने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरसनको सम्झौता छ। जसअनुसार आज १६ तारिखमा नयाँ मूल्य आएको निगमको भनाइ छ।

अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर, डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेको छ। तर निगमले अझै घटामा रहेको बताएको छ। निगमले इण्डियन आयल निगमलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर