अबको १/२ दिनमा राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइरहेको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा २ घन्टाभन्दा बढी वार्ता गरेका प्रचण्ड आज दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले १–२ दिनमा राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने पत्रकारहरूलाई बताएका छन्।

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ। कांग्रेसले केही दिनभित्र नयाँ समीकरण बन्ने र माओवादीको समर्थनमा राष्ट्रपति आफ्नो दलबाट विजयी हुने दावी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर