कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै

काठमाडौं। आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ।

नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ।

अस्पतालका अनुसार एण्टिबायोटिक थप पश्चात् इन्फेक्सनको मात्रा कम हुँदै गएको छ। सांसद् भण्डारीलाई ५ लिटर अक्सिजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने प्यारामिटरहरू नर्मल रहेको छ।

मुम्बईमा रहेका कांग्रेसका एक नेताका अनुसार पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन्। गत बिहीबार शंखमुलस्थितमा निवासमा ग्यास लिक हुँदा आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो।

उक्त घटनामा उनीसँगै गम्भीर घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो। आमा हरिकला शरीरको ७० प्रतिशतभन्दा बढी जलेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर