काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाउनुभएको छ । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको हो।
डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिनुभएको हो। २०४२ जेठ २२ मा जारी उहाँको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ । सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

