यूईएफए च्याम्पियन्स लिग फुटबल : इन्टर मिलानले पोर्टोलाई हरायो

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब पोर्टोलाई हराएको छ । बुधबार राति भएको खेलमा इन्टरले पोर्टोलाई १–० ले हराएको हो । खेलको ८६ औं मिनेटमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

यस्तै, खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभियो रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो ।

यी दुई टोलीबीचको दोस्रो लेग पोर्टोको मैदानमा मार्च १५ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय