राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाको बैठक बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने उनले बताए। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर