आईसीसी महिला टी–२० महिला विश्व कपमा भारतलाई हराउँदै अस्ट्रेलिया फाइनलमा प्रवेश

काठमाडौं । आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ ।

भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपको फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले उपाधिका लागि आइतवार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज आयोजक दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय