मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा जनवरी १५ देखि अष्ट्रेलियाको नेपाली समुदायकै ठूलोमध्येको एक इभेन्टको रुपमा १८ औं न्याभ कप चलिरहेको छ । प्रेस्टनको टि डब्लू पार्कमा भइरहेको खेलमा खेलाडीहरुले मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धा गरिरहेका छन् ।
१२ समूहको सहभागिता रहेको उक्त कपको समापन समारोह १९ मार्चमा हुँदैछ । उक्त अवसरमा नेपाली क्रिकेट संघका पूर्व कप्तान पारस खड्का सहभागि हुँदैछन् ।
यसवीचमा कनेक्टनेपालीले १८ औं न्याभ कपको अवसरमा मिडिया पार्टनरको रुपमा सहकार्य गर्दै समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको छ । सोही क्रममा आज कनेक्टनेपालीले १८ औं न्याभ कपको प्रायोजक लेण्डभाइजर्स फाइनान्सका निर्देशक पवन थपलियासँग न्याभकप सम्बन्धमा केही कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।
न्याभ तथा न्याभले आयोजना गरेको यस १८ औं न्याभ कपसँग कसरी जोडिनु भयो ?
विगतमा ग्रेस इन्टरनेश्लनको माध्यमबाट हामी न्याभमा जोडिएका थियौँ । एक हिसावले भन्ने हो भने लेन्डभाइजर्स ग्रेस इन्टरनेश्लनको (सिस्टर) कम्पनी हो यो । विगतमा ग्रेससँग जोडिएर एउटा ब्राण्डनै थियो न्याभ कप भनेको वास्तवमा भन्ने हो भने । तर अहिले आएर चाँही ग्रेसले आफ्नो ब्राण्ड बनाइसकेको भएकोले आफ्नो सिस्टर कम्पनीलाई पनि किन अगाडि नलिने त भन्ने उद्धेश्यका साथ लेनभाइजर्स न्याभ कप सँग जोडिएको हो ।
न्याभले आयोजना गरेको यो न्याभ कपबाट तपाईँहरुको अपेक्षा के छ ?
हाम्रो उद्धेश्य भनेको समाजमा सामुदायिक दायित्व निर्वाह गरौ भन्ने हो । अर्को कुरा खेलकुदले नै समाजलाई जोड्ने भएकोले यसको उपलब्धि विशेष नै रहेको छ । अब न्याभले जुन आयोजना गरिरहेको छ त्यसले समाजलाई फाइदा नै गरिरहेको छ । त्यसकारण एउटा पुरानो संस्था भएको हैसियतले न्याभले आउने दिनहरुमा पनि खेलकुदको माध्यमबाट समाजलाई र हामीजस्ता व्यवसाय गर्नेहरुलाई एकता गरोस भन्ने हाम्रो अपेक्षा छ ।
यसरी न्याभ कपमा प्रायोजकको रुपमा योगदान दिदैगर्दा तपाईँहरुको यसको कुन पक्ष विशेष लाग्यो ? अथवा यसमा विशेष लाग्ने कुरा के छ, जसले गर्दा तपाईँ यसप्रति आकर्षित हुनुभयो ?
वास्तवमा भन्ने हो भने न्याभ भिक्टोरियाको सबैभन्दा ठूलो नेपाली सामाजिक संस्था हो । यसको सामाजिक सञ्जाल ठुलो छ अरु संस्थाहरुको भन्दा । यसकारण पनि यो सँग जोडिन पाउँदा हामीलाई समाुदायिक प्लस व्यावसायिक सन्तुष्टि मिल्छ । अहिले भर्खरै जन्माएको एउटा सिस्टर कम्पनीलाई त्यो ठुलो समाजसँग जोड्न सक्छौ भन्ने उद्धेश्य लिएर यो सँग जोडिन आएका हौँ ।
यो पनि पढ्नुहोस : न्याभ कपले भविष्यमा ठूलो महत्व राख्छ, यसलाई अझै विस्तार गर्नुपर्छः धरेल
न्याभ कप मात्र नभएर अन्य दर्जनौं कार्यक्रमहरुको निम्ती न्याभले गरिरहेको काम सराहनिय नै रहेको छ । न्याभका कार्यकारी टिम, आजीवन सदस्यहरुले देखाएको तत्परता निकै उदाहरणीय र लोभलाग्दो छ ।
न्याभले आगामी दिनमा के कस्ता कामहरु गरोस् भन्ने चाहना राख्नुहुन्छ ?
अहिलेसम्म न्याभले खेलकुदको माध्यमबाट समाजलाई जोडिराखेको छ त्यस्ले हाम्रा आउने जेनेरेशनहरु, हाम्रा बालबालिकाहरुलाई पनि यो समाजसँग जोड्न सक्ने किसीमका कार्यक्रमहरु अझ सञ्चालन ग¥यो उत्तम हुन्छ । जस्तै नेतृत्वदायी प्रोगामहरु, बच्चाहरुलाई घुलमिल गर्ने त्यस किसीमको कार्यक्रमहरु गर्न सकिन्छ । समाजमा सकारात्मक सन्देश जोड्ने, नेपाली संस्कृति, कला, संस्कारलाई विस्तार गर्ने कार्यक्रमहरु गरी यहाँको समुदायसँग नेपालीलाई जोड्न सक्यो भने अझै न्याभको प्रभावकारिता बढ्छ । न्याभ भन्ने संस्थालाई दिर्घकालसम्म लान सकिन्छ । भोलि नयाँ पुस्ताहरुहरुले पनि त्यस्लाई अगाडी बढाउन सक्छन् । यसको अस्तित्व सधैभरी रहन्छ ।
विगतका दिनहरुमा न्याभजस्तै सामुदायिक संघसंस्था तथा कार्यक्रमहरुमा तपाईँहरुले के कसरी जोडिनु भएको छ ?
ग्रेस इन्टरनेश्नल सुरुवातदेखि नै एक हिसावले भनौ भने यो समाज, यहि संस्थाको काखमा हुर्किएर उहाँहरुको साथ सहयोगले गर्दाखेरी यो अवस्थामा आइपुग्यो । त्यसपछि हामीले अहिले ल्यान्ड भाइजर्स फाइनान्सियललाई जन्मायौँ । ल्यान्डभाइजर्स फाइनान्स पनि यीनीहरुसँग जोड्दै जाँदाखेरी हामीले त सांगितीक कार्यक्रम गर्छौ । सांस्कृतिक कार्यक्रमलाई स्पोन्सर गर्छौ । जस्तै अस्ति भर्खरै हामीहरुले ल्यान्ड भाइजर्स इस्टाब्लिस गरेर चितवन समाजको पार्टी गर्यौं । भन्न खोजेको के हो भने हामीले यो भन्दा अगाडि पनि र आज भन्दा भोलि पनि यो समाजसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु चाहे त्यो सांगीतिक किन नहोस्, चाहे त्यो बालबालिकाको लागि किन नहोस् चाहे त्यो सामाजिक किन नहोस् यी सबैमा हामी सधै सहकार्य गर्न तयार छौँ ।
तपाईँको व्यवसायका मुख्य आकर्षणहरु के के हुन् ?
व्यवसाय त सबैले गर्ने एउटै हो । एउटा प्रतिष्पर्धात्मक बजारमा पुगिसकेपछि प्रतिष्पर्धाले समाजका मान्छेहरुलाई लाभ मिल्छ । उचित बस्तुहरुमा उनिहरुले सहि प्रतिफल पाउछन । प्रतिष्पर्धा हुँदैन एकाधिकार बजार हुन्छ भन्दिए त्यहाँ जे पनि हुन्छ तर प्रतिष्पर्धा हुँदै जादा भने समाजका व्यक्तिहरुलाई लभांवित हुने हामीले सोचेका छौ । त्यहि सिलसिलामा हामीले व्यवसायलाई अरुको जस्तै गरी लिएर आएका हौ । विशेषगरी हाम्रो लक्षित समुदाय भनेको स्थापित समुदाय जो यहाँ एक घर किनेर दुई घर बनाउने अपेक्षामा बसिरहनुभएको छ । अर्को व्यवसाय भनेको नयाँ आएर यहाँको पिआर लिएर सेटलमेन्ट भइसकेपछिको अर्को गन्तव्य मेरो घरव्यवहार हो भन्ने त्यस्तो मान्छे हाम्रो ग्राहक हुनुहुन्छ । हाम्रो लक्षित बजार के हो र उनिहरुलाई वित्तीय सुझाव यो गर्दादखेरी उचित हुन्छ भन्ने सुझाव हामी दिन्छौं । बैंकमा जाँदाखेरी बैंकले एउटामात्रै बैंकको सल्लाह दिन्छ अब हामीकहाँ आउनुभयो भने हामी १० वटा बैंकको छनौट, सल्लाह र सुझाव दिन सक्छौ भन्ने नै हाम्रो उद्धेश्य हो ।
भविष्यमा तपाइँको व्यवसायको के योजनाहरु छन् ? व्यावसाय र समाजको निम्ती ?
भविष्यको व्यवसायिक योजना भनेको यो सामाजिक उत्तरदायित्व बहन गर्दैगर्दै समाजमा हामीले जुन दिन्छौ सेवा त्यसले यो समाजमा बस्नु भएका कसैलाई पनि हानीनोक्सानी नपु¥याइकन आज मैले मोर्टगेज शुरु गर्दैगर्दा भोलि मैले त्यो भन्दा कुनै कलेज, रियलस्टेट, कुनै एउटा पाठशाला त्यो किसीमको कार्यको निम्ती सहकार्य गरेर जान पाउ भन्ने योजना छ ।
अष्ट्रेलियामा बढ्दै गइरहेको नेपाली समुदायलाई के सन्देश दिन चाहानुहुन्छ ?
अष्ट्रेलिया, विदेश भन्नासाथ हाम्राृ दिमागमा के हुन्छ भन्दाखेरी यहाँ पैसा छ, यहाँ पैसा फल्छ भन्ने हुन्छ त्यस्तो हाम्रो सोचाइ छ । वास्तविकता त्यो होइन, वास्तविकता धेरै कठिन छ । त्यसकारण यहाँ आइसक्नुभएका जति हुनुहुन्छ, यहाँ बसिरहनुभएका जति हुनुहुन्छ, बसिरहनुभएकाले सबै देख्नुभएको छ, जो आउँदै हुनुहुन्छ उहाँहरुले देख्दैहुनुहुन्छ । त्यसकारण मेरो भनाइ के भन्दाखेरी यहाँ आइसकेपछि यहाँको यथार्थ नबुझिकन चाहे त्यो एजुकेशनमा किन नहोस् चाहे त्यो माइग्रेसनमा किन नहोस् चाहे त्यो व्यवसायमा किन नहोस् यसमा हाम फाल्नुभन्दा पहिला बजारको परिस्थिती के छ ? यहाँको समाज कस्तो छ ? यहाँको अर्थव्यवस्था कस्तो छ ? त्यो सबै कुरालाई मध्यनजर गरेर ध्यान गरेर तपाइहरुले कुनै पनि पेशा, व्यवसायलाई अंगाल्नुभयो भने यहाँ असफलता भन्ने चीज छैन । तपाइ सफल बन्न सक्नुहुन्छ । सामाजिक उत्तरदायित्व पनि बहन गर्न सक्नुहुन्छ । र हँदाहुँदा आफ्नो जीवनयापन पनि सहजरुपमा चलाउन सक्नुहुन्छ ।
अन्त्यमा, न्याभले आयोजना गरेको न्याभ कपलाई शुभकामना दिदै आगामी दिनमा पनि न्याभका सबै कार्यहरुमा जोडिन पाइयोस । न्याभसँग दीर्घकालिन रुपमा जोडिदै जान पाइयोस् ।