न्याभ कपले भविष्यमा ठूलो महत्व राख्छ, यसलाई अझै विस्तार गर्नुपर्छः धरेल

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा जनवरी १५ देखि अष्ट्रेलियाको नेपाली समुदायकै ठूलोमध्येको एक इभेन्टको रुपमा १८ औं न्याभ कप चलिरहेको छ । प्रेस्टनको टि डब्लू पार्कमा भइरहेको खेलमा खेलाडीहरुले मैलीपूर्ण रुपमा प्रतिस्पर्धा गरिरहेका छन् ।

१२ समूहको सहभागिता रहेको उक्त कपको समापन समारोह १९ मार्चमा हुँदैछ । उक्त अवसरमा नेपाली क्रिकेट संघका पूर्व कप्तान पारस खड्का सहभागि हुँदैछन् ।
यसवीचमा कनेक्टनेपालीले १८ औं न्याभ कपको अवसरमा मिडिया पार्टनरको रुपमा सहकार्य गर्दै समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको छ । सोही क्रममा आज कनेक्टनेपालीले १८ औं न्याभ कपको मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेलसँग न्याभकप सम्बन्धमा केही कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

न्याभ तथा न्याभले आयोजना गरेको यस १८ औं न्याभ कपसँग कसरी जोडिनु भयो ?

सर्वप्रथम त न्याभ भिक्टोरीयामा सुपरिचित संस्था भयो । यसले गर्ने गतिविधि र विशेषगरी न्याभ कप पहिल्यैदेखि समुदायमा पपुलर इभेन्ट भएकाले म संग परिचित नहुने कुरा भएन । अनि अघिल्लो पटकको न्याभ कप देखि नै न्याभको कार्यकारी सदस्यहरुसँग कुराकानी भइरहेको थियो । त्यसकारण पनि यो पटकको न्याभ कपमा संलग्नता हुने बाटो बन्यो । त्यही अनुसार न्याभले पनि एप्रोच गर्यो र हामी सहकार्य शुरू गर्यौं ।

न्याभले आयोजना गरेको यो न्याभ कपबाट तपाईँहरुको अपेक्षा के छ ?

सबैभन्दा पहिला त न्याभको धेरै इभेन्टहरु मध्य यो खेलकुद विधामा क्रिकेटको इभेन्ट हो । यसले भिक्टोरीयामा रहेको नेपालीहरु माझ अझ विशेषगरी नयाँ आउने नेपाली भाइहरुमा क्रिकेट खेलप्रतिको आकर्षण बढाउन भूमिका खेलेको छ । प्रथमतः नयाँ भाइहरु जो क्रिकेटसँग नेपालदेखि नै जोडिनुभएको छ, उहाँहरुलाई चाँही यो गतिविधीमा जोड्न सक्नुप¥यो । दोस्रो भनेको न्याभ कपले यहाँ खेलको माध्यमद्वारा समुदायमा भाइचारा, कम्युनिटीबीचको कोअर्डिनेशन तथा चिनजानलाई पनिसंस्थागत गर्ने हिसावले लैजानुपर्छ जस्तो लाग्छ ।

यसरी न्याभ कपमा प्रायोजकको रुपमा योगदान दिदैगर्दा तपाईँहरुको यसको कुन पक्ष विशेष लाग्यो ? अथवा यसमा विशेष लाग्ने कुरा के छ, जसले गर्दा तपाईँ यसप्रति आकर्षित हुनुभयो ।

अब यसमा न्याभ कप भन्नेवित्तिकै भिक्टोरीयामा नेपालीहरुको निम्ती लामो समयदेखि काम गरिरहेको संस्था रह्यो र न्याभ कप पनि खेलको ठूलो उत्सव रह्यो । भिक्टोरीयामा लगभग १२ वटा टिम भनेको हरेक टिममा लगभग १५ जना मात्रै मान्छे हुँदा पनि २ सय जना नेपाली युवालाई जोड्ने अभियानको कारण पनि एक किसीमको आकर्षण नै भयो । विशेषगरी युवालाई जोड्ने आधार भयो भन्नुनै एउटा आफैमा आकर्षक इभेन्ट भैहाल्यो । यो इभेन्ट जहाँ धेरै मान्छेहरु जोडिनुभएको छ ।

यस्तो विशेष इभेन्टमा हामीले जोडिनु पाउँदा धेरै भन्दा धेरै मान्छे जोडिनुभएको इभेन्टमा योगदान गर्दाखेरी हामिले आफूलाई पनि सम्भवतः व्यवसायीक ‘स्याटिस्फ्याक्सन’ पनि मिल्ने भयो । र एउटा खालको व्यवसायिक ‘एक्स्पोजर’ पनि मिल्ने भयो भन्ने हिसावले इभेन्टमा हाम्रो विशेष खालको गर्नलाई आकर्षण भयो । १८ पटकसम्म लगातार न्याभले जुन साहसको साथ नेपाली खेलाडीहरुलाई क्रिकेटसँग जोड्नको निम्ती न्याभ कप गर्दै आइरहेको छ, त्यो निकै सम्मानजनक छ ।

निरन्तर भइरहेको यस न्याभ कप र संस्था दुवैले हामीलाई आकर्षित गर्यो । न्याभका हरेक गतिविधिहरुबाट म्याक्सीम्याक्स मात्र नभएर थुप्रै संघसंस्था जोडिदै आउनुमा न्याभको सक्रियता र प्रभाव नै हो ।

न्याभले आगामी दिनमा के कस्ता कामहरु गरोस् भन्ने चाहना राख्नुहुन्छ ?

विशेषतः न्याभले धेरै काम गरेको छ नै । अझ यसमा विशेष मैले छुट्टै सुझाव दिनुपर्ने त्यस्तो लाग्दैन । न्याभको पदाधिकारीहरुले साह्रै नै सबै समेटेर एकदम कमिटेड भएर धेरै समय दिएर गर्नुभएको छ । यो भोलेन्टिएर अर्गनाइजेशन हो । अब यसमा मेरो व्यक्तिगत रुपमा उहाँहरुले गरेको काममा उच्च सम्मान नै छ । विशेष सुझाव भन्दा पनि आगामी दिनमा गर्ने कार्यक्रम बरु धेरै गर्न सकिदैँन भने थोरै गर्ने तर जति गरिन्छ त्यसलाई व्यवस्थित र आफ्नो समुदायमा, लक्षित वर्गमा एकदम ‘इम्प्याक्ट’ पर्ने खालको कार्यक्रम गर्दाखेरी चाँही ठिक हुन्छ लाग्छ ।

कहिलेकाही चाँही कार्यक्रम गर्नलाई गर्छौ तर गरिरहदा पनि लक्षित वर्षको ‘एक्ट्रयाक्सन’ कहिलेकाहि आयोजक जो पनि हुनुहुन्छ उहाँहरुलाई पनि ‘ह्यान्डल’ गर्न सक्नुलाई अलिकती समय र स्रोतको अभावले गाह्रो भैरहेको अवस्थामा त्यो कार्यक्रमहरुलाई एकिकृत गरेर बढि व्यवस्थित र बढी ‘इम्प्याक्ट’ बनाउदाखेरी न्याभलाई सजिलो हुन्छ की जस्तो लाग्छ मलाई । किनभने न्याभको धेरै इभेन्टहरु छ धेरै इभेन्ट गर्दाखेरि कहिलेकाहि यी सबै कुरामा ‘अर्गनाइज र म्यानेज’ गर्न गाह्रो हुन्छ की भन्ने मेरो व्यक्तिगत एड्भाइज हो । उहाँहरुले गरिराख्नुभएको योगदानप्रति मेरो सम्मान छ, न्याभ तथा यसले आयोजना गरेको १८ औं न्याभ कपले भविष्यमा पनि ठूलो स्थान ओगट्ने मेरो विश्वास छ ।

विगतका दिनहरुमा न्याभजस्तै सामुदायिक संघसंस्था तथा कार्यक्रमहरुमा तपाईँहरुले के कसरी जोडिनु भएको छ ?

हामी म्याक्सिम्याप भएदेखि नै भिक्टोरीयामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहकार्य गर्दै आइरहेका छौ । विशेषत एनआरएनए भिक्टोरीया, न्याभ, फारवेस्ट नेप्लिज कमिटीलगायत यहाँ रहनुभएका विविध संघसस्थाहरु जो चाँही यहाँ रहेर नेपाली विभिन्न वर्गको हकहित अथवा सामुदायिक हकहितको लागि काम गर्दै आउनुभएको छ उहाँहरुसँग हामी जोडिइरहेका छौँ । आगामी दिनमा पनि हामीले हाम्रा यो खालका गतिविधीलाई निरन्तरता दिने सोच छ ।

अरु खालको कमर्सियल इभेन्टमा हामी जोडिदैनौं । भिक्टोरीयामा धेरै खालका इभेन्ट हुन्छन, कुनै व्यसायिक संघसंस्थाले गरेका इभेन्टहरु पनि भइरहेका छन् तर म्याक्सिम्याक्सले भने सामुदायिक कार्यक्रमहरु गर्छ किनभने सामुदायिक ओभरल ग्रोथ र मुभमेन्टको लागि हितको लागि त्यो खालको कार्यक्रमको आयोजना गरेको हो भनेर नै हामीले सामुदायिक इभेन्टमा सहभागी बढि भएका छौ । अरु सामुदायिक विभिन्न खालका संघसस्थाहरुसँग विभिन्नरुपमा सहकार्य गर्दै आइरहेका छौ । समाज र नेपालीहरुको हकहित हुने विभिन्न कार्यक्रमहरुमा हाम्रो सदा सहकार्य रहने नै छ ।

६. तपाईँको व्यवसायका मुख्य आकर्षणहरु के के हुन्?

यो म्याक्सिम्याक्स सबैभन्दा व्यवसाियक आकर्षण भन्दा पनि हामीले विशेष त नेपालबाट आउनुहुने विद्यार्थीहरु र स्किल्ड माइग्रेन्न्टहरु क्लायन्ट हुनुुहन्छ । उहाँहरुलाई चाँही हामी ‘एज अ कन्सल्टेन्ट’ हामीले यो व्यवसायिलाई कन्सेल्टेन्टी व्यवसयिक भन्छौ तर अब विगत केहि समयदेखि कन्सल्टेन्सी भन्दा पनि ‘रिक्रुट एजेन्सी’ जस्तो छ जस्को काम चाँही भर्ना गर्नेजस्तो मात्रै देखिएको छ ।

हामीचाँही त्यो भन्दा अलिकती भिन्दै खालको ‘कन्सलटेन्सी’ रुपमा ‘कन्सल्ट’ गर्न चाहन्छौ । कन्सल्टीङ गर्दाखेरी कहिलेकाहि ‘रिक्रुटमेन्ट’ को पार्ट सेकेन्डरी हुन जान्छ । हामीहरु करियर काउन्सिलिङ, कन्सेल्टेन्सीको काम बढि र संगै रिक्रुटमेन्ट हुँदै आउदाखेरी यो कन्सल्टेनन्टको पछाडि आउने रिक्रुटमेन्ट यीनै सेवाहरु दिदँै आइरहेका छौ । र हामी चाँही विद्यार्थीहरु, माइग्रेन्टहरुको ओभरल करियर प्रोगेसमा बढि ध्यान दिन्छौ । यो नै हामिलाई शायद अरु व्यवसायभन्दा अलिकती थोरै आकर्षक होकी जस्तो लाग्छ ।

८. भविष्यमा तपाइँको व्यवसायको के योजनाहरु छन्? व्यावसाय र समाजको निम्ती ?

हामीले जे गरिरहेका छौँ त्यसैलाई डेवलप गर्दै जाने हो । हाम्रो लक्षित क्लाइन्ट भनेको चाँही स्किल माइग्रेन्ट र इन्टरनेश्नल स्टुडेन्ट नै हो । नेपाल, नेपाली क्लाइन्टमात्रै नभएर विभिन्न देशमा आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेका छौ र आगामी दिनमा पनि हामीले यो सेवालाई अझ विस्तार गरेर संसारका अरु नयाँ गन्तव्यहरुमा (स्किल माइग्रेन्ट र इन्टरनेश्नल. स्टुडेन्टहरुको आवतजावतलाई अझ सहजिकरण गर्ने र मान्छेको करियर ग्रोथ र अरु फाइनान्सियल ग्रोथलाई पनि हामीले हामिसँग भएका सेवा, इन्फरमेशन, जानकारीहरुबाट उहाँहरुलाई, विद्यार्थीहरुलाई सेवा दिने नै हो । समुदायसँगको हाम्रो इन्भल्बमेन्ट हिजो पनि थियो आज पनि छ र भोलि पनि रहने छ । यहि समुदायकै बिचमा व्यवसाय गर्ने त्यो पार्टलाई व्यवसाय र सामुदायिक गतिविधीलाई संगसंगै लिएर आगामी दिनमा जाने छौ ।

अन्त्यमा, अष्ट्रेलियामा बढ्दै गइरहेको नेपाली समुदायलाई के सन्देश दिन चाहानुहुन्छ ?

विशेषगरी अष्ट्रेलियामा नेपाली समुदायको ग्रोथ एकदम बढीरहेको छ । ग्रोथ भएसँगै अवसरको उजागर पनि जति बढ्नुपर्ने हो त्यो भएको छैन । नेपाली समुदाय र नयाँ आउनुभएको समुदायमाथि सुझाव र आशा के रहन्छ भने अष्ट्रैलिया सम्भावना भएको देश हो । हामीले यहाँबाट जति हासिल गर्नुपर्ने हो त्यो गर्न सकेको छैनौं । नयाँ आगन्तुकहरुले स्रोत, सीप, ज्ञान तथा जानकारीहरुलाई अझै केलाएर यहाँ अवसरलाई ‘नेक्सट लेभल’मा लैजानुपर्छ । त्यसको लागि सही सूचना, सही सँगत हुनुपर्छ । नेपालीहरुले यहाँ राम्रो काम गर्ने, मिहेनतीको पहिचान बनाइरहेको छौं, त्यसलाई अझै अघि बढाउनको निम्ती सहि खालको परामर्श लिनुहोस, आफूसँग भएको नलेज र ज्ञान खिया लाग्ने अवस्थाबाट बाहिर निस्केर आफ्नो सम्भावनालाई विस्तार गरौं भन्ने सुझाव दिन चाहान्छु ।

त्यसैगरी अन्तराष्ट्रिय विद्यार्थीहरुलाई बढी महत्वाकाँक्षी भन्दा पनि भविष्यलाई अझै राम्रो बनाउने वातावरण तर्फ अघि बढ्न सुझाव दिन चाहान्छु । सम्भावना भएर पनि विद्यार्थीहरु कुहिरोको कागजस्तो भएको देखेको छु, क्षमता अनुसारको प्रतिफल नआएको देखेको छु । त्यसकारण सही खालको परामर्श, सूचना तथा समुदायमा आवद्धता बढाएर आफ्नो सीप, क्षमता, सम्बन्ध बढाएर अघि बढ्नुपर्छ । सम्भव छ, तर सम्भावनालाई पहिचान नगर्ने, आफूले आफैलाई कमजोर सोँच्ने बानीले गर्दा पछि पर्ने सम्भावना रहन्छ, यसबाट मुक्त हुनको निम्ती सहि तरिकाबाट अघि बढ्न म विद्यार्थीहरुलाई सुझाव दिन चाहान्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय