एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रपतिमा नेम्वाङको नाम दर्ता गराउने तयारी रहेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर