दुर्गा प्रसाईं एमालेबाट निष्कासित

काठमाडौं। नेकपा एमालेले व्यापारीसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ। शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

पछिल्लो समय उनी नागरिक बचाउ अभियानमा लागेका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए। ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर