एमाले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं। नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ। शनिबार बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनको दिन अर्थात् फागुन २५ गतेसम्म सरकारमै बस्ने निर्णय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय गरेको जानकारी दिए।

उनले भने, ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर