राप्रपाका मन्त्रीहरूले पदबाट दिए राजीनामा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। शनिबार बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी थिए।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राप्रपाका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर