एमालेले राष्ट्रपतिको चुनाव जित्छ : योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ नै निर्वाचिच हुने दाबी गरेका छन्।पार्टीका तर्फबाट नेम्वाङ राष्ट्रपतिका उम्मेदवार तय भएपछि सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

सचिव भट्टराईले भनेका छन्, ‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार। बधाई छ सुवास दाई, जितिन्छ।’ नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार छन्।

प्रतिक्रिया

सम्बन्धित खवर