काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो।
भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको नेता यादवले बताए। जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन्। उनी समानुपातिकबाट सांसद बनेकी थिइन्।

