राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गराए मनोनय दर्ता

काठमाडौं। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले मनोनय दर्ता गरेका छन्। शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर