वामी विश्व सम्पर्क मन्च अष्ट्रेलियाको अध्यक्षमा लालसिँह, अरु क-कसले पाए जिम्मेवारी ?

मेलवर्न । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ जन्मघर भई हाल अष्ट्रेलियामा रही आएका वामीबासीहरुको संस्था वामी विश्व सम्पर्क मन्च अष्ट्रेलियाको पुनर्गठन भएको छ ।

आइतवार लिलीडेल स्थित सभेरा इन्डियन रेष्टुरेन्टमा भएको वामीवासीहरुको भेलाले अध्यक्षमा लालसिँह खत्रीलाई चयन गरेको छ भने उपाध्यक्षमा राम प्रसाद सापकोटा, सचिवमा प्रकाश सापकोटा, कोषाध्यक्षमा मनुमाया गौतम, सहसचिमा पिताम्बर सापकोटालाई चयन गरेको छ ।

जसको सदस्यहरुमा कैलाश सापकोटा, नर बहादुर खत्री, गोविन्द रायमाझी, दिपक सापकोटा, सीता सापकोटा, पूर्ण बहादुर सापकोटा रहेका छन् भने सल्लाहाकारहरुमा जनकराज गौतम, टंक कंडेल, लक्ष्मण सापकोटा र शिवलाल सापकोटा चयन भएका छन् ।

मिडिया तथा प्रेस संयोजकमा अनिश शर्मा गैरेले जिम्मा पाएका छन् ।

भेलाले नयाँ कार्यसमिति चयनसँगै केही महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । संस्थाको आर्थिक कारोबारलाई चुस्त र पारदर्शी बनाउनको निम्ती अध्यक्ष लालसिँह खत्री, सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष मनुमाया गौतमको गरी संयुक्त बैंक खाता खोल्ने निर्णय भएको छ । त्यस्तैगरी संस्थाको नयाँ वेभसाइट खोल्ने निर्णय पनि भएको सचिव प्रकाश सापकोटाले जानकारी दिए ।

वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलियाले स्थापना कालदेखि नै स्वदेश विदेशमा रहेका वामीबासीहरुलाई आपतविपदमा सहयोग गर्ने देखि गाँउबासीको एकताको निम्ती महत्वपूर्ण कामहरु गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष टंक कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भिक्टोरियामा रहेका वामीबासी उपस्थित रहेका थिए भने भिक्टोरिया बाहिर रहेका वामीबासीहरुले अनलाइन मार्फत उपस्थिती जनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय