रास्वपाले सरकारलाई दिएको समर्थन् कायमै राख्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निणर्य गरेन ।

बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निणर्य नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निणर्य नै कायम रहने बताउनु भएको छ ।
रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निणर्य गरेको थियो । ‘अहिलेसम्म हाम्रो निणर्य त्यही हो’ उहाँको भनाई थियो ।

१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न्ुभएको थियो ।

यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन पनि फिर्ता लिएका छन् । रास्वपा भने यसअघि नै सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर