राष्ट्रपतिकालागि उम्मेदवार बन्न नचाहनेले आज उम्मेदवारी फिर्ता लिन पाउने

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दिएका तर उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।
राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन पाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपतिका लागि यहि २५ गते निर्वाचन हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर