काठमाडौं। देशभर आज मंगलबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार १५ जनाको नमूना परीक्षण गरिएको थियो। ४ सय १३ जनाको पीसीआर र ६ सय २ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन भने ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

