काठमाडौं। नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टीसँग राष्ट्रपतिमा मत मागेको छ। राष्ट्रपतिमा उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ भोट माग्न बिहीबार बिहान एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा पुगेका छन्।
भेटमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। नेम्वाङसँग एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, डा। विमला राई पौड्याल र रघुवीर महासेट लगायतका नेताहरू एसको कार्यालय पुगेमा पुगेका थिए।
नेम्वाङ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार हुन्। समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले आठ दलका साझा उम्मेदवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ।
यसपछि एमाले नेताहरूले आजै भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालय पुग्ने बताएका छन्।

