आठ दलीय नयाँ गठबन्धन ५ वर्षसम्म टिक्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन ५ वर्षसम्म टिक्ने बताएका छन्।

८ दलीय गठबन्धनका सांसदहरुलाई बिहीबार काठमाडौंमा राष्ट्रपति निर्वाचन सम्बन्धी अभिमूखिकरण कार्यक्रमपछि बाहिरने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो बताएका हुन्। ‘यो गठबन्धन ५ वर्षसम्म जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। गठबन्धन दीर्घकालीन हुने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै विश्वासको मत लिने बताए। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर