काठमाडौं। चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन्। नवौं महाधिवेशनले बलामीको अध्यक्षतामा महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा संगठनतर्फ विजय सुवेदी, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भएका छन्।
महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, समावेशी सचिवमा उद्धव रसाइली विजयी भएका छन्। कोषाध्यक्षमा मनिष कार्की, सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध निर्वाचित भएका थिए।
कार्यसमिती सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाईं, अर्जुन गुरागाईं, सुष्मा कार्की, मोहमद जलिम र कृष्ण पाण्डे विजयी भएका छन्। यस्तै, संघको महिला सदस्यतर्फ सुष्मा कार्की विजयी भइन्।