यूएईलाई हराउँदै नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौँ । यूएईलाई हराउँदै नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय