उपसभामुख भन्छिन्–म हेपिएँ, राज्यबाट पाउने सेवा सुविधा पाइन

काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ। भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरको कार्यक्रममा बोल्दै उहाँले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको बताउनुभयो ।

उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन्। पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाइ थियो ।

उहाँले उपसभामुखलाई निवास सुविधा दिने कुरामा राज्य गम्भीर नभएको आरोप लगाउँदै आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको बताउनुभयो ।

‘३६ हजार निवास भाडा दिइएको छ, आफू ४४ हजार तिरेर बस्नु परेको छ’ उहाँले भन्नुभयो ।उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर