रेशम चौधरीलाई कारागारमै भेट गरि एमाले नेताले मागे भोट

काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु जानुभएको थियो ।

भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिनुभयो। चौधरीले २४ गते बस्ने पार्टीको बैठकले यसबारे निणर्य लिने जानकारी गराएका छन् । यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर