नेकपा एसको बेग्लै पहिचान र भूमिका छ : अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु देशभरका कम्युनिस्टलाई मिलाउनका लागि आफ्नै मान्यतामा दृढताका साथ उभिने बताएका छन्।

शनिबार आयोजित एकीकृत समाजवादी निकट दलित मुक्ति संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिमा आफ्नो पार्टीको बेग्लै पहिचान र भूमिका रहेको बताएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए।

अरु पार्टी सरकारबाट हटेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उनले बताए। गत पुस १० गते नयाँ सत्ता गठबन्धन बनाउँदाको सहमति तोडेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेससहितको गठबन्धन बनाएका थिए।

त्यसपछि नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएका थिए। समर्थन फिर्तापछिको एक महिनाभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर