काठमाडौं। माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक घटना क्रम बारे छलफल भइरहेको बताइएको छ। जनयुद्धकालीन मुद्दा उठ्न थालेपछि माओवादी धारका नेताहरू रणनीतिक छलफलमा जुटेको बुझिएको छ। सर्वोच्चमा दर्ता भएको मुद्दाको विषयमा पनि बैठकमा छलफल भएको छ।
माओवादी (केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जित बुढाथोकी लगायत सहभागी छन्।

