काठमाडौं। बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भगवती राना मगरले आज मंगलबार टोली घोषणा गरेकी हुन्।
रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्राम अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ गते पाँच दिन खुला छनोटको आयोजना गरेको थियो।