काठमाडौं। नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा जारी राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रममा प्रधानमन्त्रीले बिहान साढे ११ बजेतिर मतदान गरेका हुन्।
राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल तथा नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ। निर्वाचन आयोगले आजै साँझ सम्ममा मत परिणाम सार्वजनिक गर्ने जनाएको छ।

