काठमाडौं। नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन्। बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन्।
उनले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरे। पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताए। उनले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताए।
संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने उनले बताए।

