सुवास नेम्वाङले गरे मतदान

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ ।

आज बिहीबार बिहान संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले मतदान गर्नुभएको हो । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरू भएको छ।

अहिले सांसदहरू मतदान गर्नका लागि लाइनमा बसिरहेका छन् । मतदान बिहीबार दिउँसो ३ बजेसम्म संचालन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर