काठमाडौं । गायिका समीक्षा अधिकारी अष्ट्रेलिया प्रस्थान गरेकी छिन्। मंगलबार राति दिदी सर्मिला अधिकारीको साथमा समीक्षा अष्ट्रेलिया प्रस्थान गरेकी हुन् ।
समीक्षा र सर्मिलालाई विमानस्थलमा विदाई गर्न उनकी आमा समेत पुगेकी थिइन्। विदाई गर्न लाग्दा समिक्षाले आमासँग खिचाएका तस्वीरहरु सामाजिक संजालमा भेट्न सकिन्छ।
समिक्षाका भेना सुवास खत्रीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सर्मिला र समिक्षालाई विदाई गर्दाको भिडियो टिकटकमा अपलोड गरेका थिए। जुन भिडियोमा हजारौं कमेन्टहरु छन् ।
कमेन्ट पढ्दा समीक्षा कुनै कार्यक्रमको लागि नभएर अध्ययनको लागि अष्ट्रेलिया गएको स्पष्ट हुन्छ। धेरैले समिक्षालाई अष्ट्रेलिया बसाई सफल रहोस् भनेर शुभकामना दिएका छन् ।