बढ्यो आज सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोेलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय