उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्धको उजुरीउपर जाँचबुझ गरिने

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ।

आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो।

उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ। राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् ‍। राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको उनीहरुको जिकिर छ।

यादवसँगै जनता समाजवादी पार्टी नेपालबाटै प्रमिला यादवको उमेदवारी परेको छ। रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको पनि उमेदवारी परेको छ।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ। मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर