काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ ।
यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निणर्य भएको हो ।फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निणर्य गर्नुभएको हो ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निणर्य गरेको जानकारी दिनुभएको छ । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ शर्माको भनाई छ ।
यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।

