सिन्धुलीको फिक्कलमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।

मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर