गुल्मी । गुल्मीको ईस्मा गाउँपालिका ३ तोरिपाटा गोडखोलामा एक अनौठो बच्चाको जन्म भएको छ । सो ठाउँ स्थित २७ वर्षीय गोमा नेपालीले आँखा नभएको तथा शरिरमा रातो छाला भएको छोरी जन्माएकी हुन् । नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिएकी हुन् ।
अनौठो बच्चा जन्मिएपछि यतिबेला गाउँले र छरछिमेकी समेत अचम्ममा परेका छन् । उनलाई हेर्नका लागि घरमा मान्छेहरु जम्मा भएको बताईएको छ ।
पहिलो सन्तानको रुपमा जन्मिएकी उनको तौल लिईएको छैन । स्वास्थ्य कर्मीले उनको थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपनि आर्थिक अभावका कारण घरमै राखेका छन् ।
नेपाली परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । चालकको काम गर्दै आएका राज कुमारले छोरीको उपचारमा सहयोग गरिदिन सबैसगं अनुरोध गरेका छन् । यसैबीच उनको अवस्थाको बारेमा थाहा पाएपछि स्थलगत रिपोर्टिङ गर्न पुगेको जिटिभि नेपालले शिशुको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ ।
‘परोपकारी पत्रकारिता हाम्रो धर्म’ भन्ने नारा सहित गुल्मीको मुसिकोट नगरपालिकाबाट सञ्चालित जिटिभिको तर्फबाट अध्यक्ष दिपक नेपालीले उक्त सहयोग रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

