काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका ६ जना कै सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ओखलढुगा मानेभन्ज्याङगा.पा.–६ देबबहादुर सार्की, ओखलढुंगा सिद्दिचरण न.पा–३ का पेशल भुजेल, सिद्दिचरण न.पा–५ कीजोशना राई, चिसंखुगढी –४ का संजित राई, सिद्दिचरण न.पा–५की राधा भुजेल र उदयपुर कटारी न.पा–२ कीकुमारी क्याप्छाकी मगर रहेका छन् ।
सो दुर्घटनामा परी घाइते भएका ८ जनाको थप उपचारका लागि सिन्धुलीको खुर्कोटबाट हेलिकेप्टरबाट काठमाडाैं पठाइएको जनाइएको छ ।
ओखलढुंगाबाट काठमाडौँ जादैै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुली जिल्लाको फिक्कल गांउपालिकास्थित कुइभिरमा ब्रेक फेल भै सडकको भितामा ठोक्किएर दुर्घटना भएको हो ।

