कस्तो रह्यो आज शेयर बजार ?

काठमाडौं । आज सोमबार पनि सेयर बजारमा गिरावट आएको छ ।

अघिल्लो दिन २८ अंकमाथिले घट्दै नेप्से सूचक १९ सय ७४ अंकको विन्दुमा ओर्लिएकोमा आज थप २४।६८ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका आज नेप्से सूचक १९ सय ५१।२१ अंकको विन्दु कायम भएको छ ।

२४ अंकमाथिले नेप्से घटेको बजारमा आज १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । बैंक, विकास बैंक, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक १ प्रतिशत माथिले घटेका छन् भने बाँकी उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् ।

आज पनि शिभम् पावर कम्पनीका सेयरधनीहरुले ९।९८ प्रतिशतले कमाएका छन् भने खप्तड लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ७।६२ प्रतिशतले गुमाउन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर