काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाई गरिएको हो।
बिदाई हुने क्रममा उहाँलाई नेपाली सेनाले २१ टोपको सलामीसमेत दिएर बिदाई गरेको छ। बिदाई पश्चात नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी लाई छोड्न गाडीसम्म जानु भएको थियो।

