एमाले उपाध्यक्ष नेम्वाङ संसदीय दलको उपनेता चयन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित भएका छन् ।

एमाले अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार आजदलको उपनेतामा नियुक्त गरेका हुन् । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सांसद हुन् ।

नेम्वाङले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पनि एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर