आज केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं। आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर